११ वर्षीय अनिश अधिकारीलाई कुटपिट गरेको आरोपमा पीडित पक्षले गंगाजमुना गाउँपालिका–५ स्थित मण्डली माविका प्रधानाध्यापक ज्ञानेन्द्रबहादुर कार्कीविरूद्ध जेठ ७ गते फुलखर्क प्रहरी चौकीमा उजुरी दिएका छन् ।
कक्षा ७ मा अध्ययनरत विद्यार्थीलाई जेठ ४ गते कक्षाकोठा भित्र कुटपिट गरेको भन्दै पीडितकी आमा कोपिला अधिकारीले उजुरी दिनु भएको हो ।
गाला सुन्निनेगरी कुटपिट भए पछि विद्यालयमा पुगेर बुझ्दा आफूलाई समेत धम्की दिएको पीडितकी आमाले इन्सेक प्रतिनिधिलाई बताउनु भयो ।
पीडित बालक कक्षाको क्याप्टेन भएको र प्रधानाध्यापकका छोराले भनेको नमानेको विषयलाई लिएर कुटपिट गरेको पीडितकी आमाले बताउनु भयो ।
पीडितको जेठ ६ गते काठमाडौं स्थित अस्पतालमा उपचार भयो ।
घटनापछि पीडितकी आमालाई जनप्रतिनिधि र विद्यालय परिवारले जबरजस्ती मिलापत्रको कगजमा हस्ताक्षर गराएकोले न्याय र क्षतिपूर्ति माग गर्दै उजुरी दिनु भएको हो ।