ड्युटीमा खटिएकी महिला प्रहरीलाई दुर्व्यवहार गरेको आरोपमा बेनी नगरपालिका– ६ का ३६ वर्षीय अनिल केसीलाई प्रहरीले ०८१ जेठ ४ गते गिरफ्तार गरेको छ ।
ड्युटीमा रहेकी महिला प्रहरीलाई ०८१ जेठ ४ गते दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले सोही दिन उजुरी दिएपछि प्रहरीले आरोपितलाई गिरफ्तार गरी अनुसन्धान अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी प्रहरी निरिक्षक अशोक झाले जानकारी दिनुभयो ।
आरोपित विरुद्ध ०८१ जेठ ६ गते अभद्र व्यवहार शिर्षकमा मुद्दा दर्ता गरि आठ दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको झाले जानकारी दिनुभयो ।