INSEC Online

📅 २०८३ जेष्ठ २१

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

रामग्राम नगरपालिका-१६, सबुनीकी २८ वर्षीया ललिता कोहारको धारिलो हतियार प्रयोग गरी हत्या गरेको आरोपमा पति ३१ वर्षीय जोखन कोहारलाई प्रहरीले ०८१ जेठ २ गते गिरफ्तार गरेको छ ।

आपसी विवादका क्रममा पत्नीलाई कोहारले वैशाख ३० गते धारिलो हतियार प्रयोग गरी हत्या गरेको भन्दै पीडित पक्षले वैशाख ३१ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी रेशम बोहोराले इन्सेकलाई जानकारी दिनुभयो ।

शवको पोष्टमार्टम वैशाख ३१ गते पृथ्वीचन्द्र जिल्ला अस्पतालमा गरी परिवारको जिम्मा लगाएको थियो । आफूहरूले शव बुझी सोही दिन सद्गत गरेको मृतकका बुबा राधेश्याम कोहारले बताउनु भयो ।

अन्य

भिडियो