१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा राजपुर गाउँपालिका-५ का २० वर्षीय धर्मेन्द्र यादवलाई प्रहरीले ०८१ वैशाख ३० गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले वैशाख २१ गते बलात्कार गरेको भन्दै पीडित पक्षले वैशाख ३१ गते वडा प्रहरी कार्यालय, लमहीमा उजुरी दियो । पीडित पक्षले दिएको सोही उजुरीको आधारमा आरोपितलाई गिरफ्तार गरी थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी जनकबहादुर मल्लले इन्सेकलाई जानकारी दिनुभयो ।
पीडितको स्वास्थ्य परीक्षण वैशाख ३१ गते राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भयो ।