INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार कसुर ठहर गर्दै २९ वर्ष कैदको फैसला

७१ वर्षीया महिलालाई बलात्कार गरेको कसुर ठहर गर्दै जिल्ला अदालतले जेठ १ गते ५४ वर्षीय आफन्तलाई २९ वर्ष कैद सजाय फैसला गरेको छ ।

जिल्ला अदालतका न्यायाधीश रमेश ज्ञवालीको इजलासले बलात्कारमा २५ वर्ष र हाडनाता सम्बन्धमा थप चार वर्ष गरी जम्मा २९ वर्ष सजाय तोकेको जिल्ला अदालतका स्रेष्तेदार विष्णु आचार्यले बताउनु भयो ।

कैद सजायसँगै ६ लाख ४० हजार रूपियाँ जरिबाना, १ लाख रूपियाँ क्षतिपूर्ति र पीडित राहत कोषमा २ हजार ८ सय रूपियाँ जम्मा गर्ने फैसलासमेत भएकाे आचार्यले बताउनु भयो ।

पीडितलाई आरोपितले २०७८ चैत ८ गते बलात्कार गरेको भन्दै पीडित पक्षले चैत २१ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । पीडितको उपचारको क्रममा चैत २१ गते भरतपुर अस्पतालमा मृत्यु भएको थियो ।

अन्य

भिडियो