INSEC Online

📅 २०८३ जेष्ठ २१

इन्सेकद्वारा निर्वाचन पर्यवेक्षणको प्रारम्भिक प्रतिवेदन बुझाइयो

स्थानीय तहको तेस्रो चरणको निर्वाचन आज (असोज २ गते) शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ । उक्त निर्वाचनको प्रारम्भिक प्रतिवेदन निर्वाचन आयोगका सचिव वेगेन्द्रराज शर्मा पौडेललाई बुझाइएको छ ।

इन्सेकका १ सय जना निर्वाचन पर्यवेक्षकले आठ ओटै जिल्लाका १ सय ३६ स्थानीय तहका विभिन्न मतदान केन्द्र तथा मतदानस्थलको अनुगमन गरेको आधारमा तयार पारिएको प्रतिवेदनलाई इन्सेकका कार्यकारी निर्देशक विजयराज गौतमले सचिव पौडेललाई बुझाएका हुन् ।

प्रतिवेदन बुझदै सचिव पौडेलले पर्यवेक्षण गर्ने संस्थाहरूमध्ये सबैभन्दा चाँडो र निर्वाचन सकिएको २ घण्टामै बुझाएको भन्दै इन्सेकको प्रशंसा गरे । उनले भने-‘निर्वाचन आयोग र इन्सेकले सँगसँगै प्रारम्भिक सूचना सार्वजनिक गरेका छौँ ।’

अन्य

भिडियो