INSEC Online

📅 २०८३ जेष्ठ २१

अज्ञात पक्षद्वारा पत्रकारको गाडी तोडफोड

अज्ञात पक्षद्वारा पत्रकार राजनदिल गुरुङकोमा गाडी वैशाख ३० गते तोडफोड गरी सञ्चार सामग्री सहित नगद रकम लगेको प्रहरीले जनाएको छ ।

राप्ती नगरपालिका– ७ वीरेन्द्रनगर चोक नजिक पार्किङ गरेर राखेको बा १७ च ५४४१ गाडीमा अज्ञात पक्षले  तोडफोड गर्नुको साथै एक थान क्यामरा र २३ हजार रुपियाँसमेत लगेको गुरुङले बताउनु भयो । घटनाका बारेमा पीडितले वैशाख ३० गते जिल्ला प्रहरी कार्यालयमा मौखिक जानकारी गराउनु भएको छ ।

गाडीमै रहेको लाइसेन्स र एटिएम कार्ड खुरखेरे चोकमा भेटिएको गुरुङले बताउनुभयो । जिल्ला प्रहरी कार्यालयका एसपी भावेश रिमालले घटनामा सङ्लग्नहरूको पहिचान र खाेजी कार्य भइरहेको बताउनु भयो ।

अन्य

भिडियो