INSEC Online

📅 २०८३ जेष्ठ २१

काङ्ग्रेस नेता अमरेश सिंहका पिएसओद्वारा फायरिङ

नेपाली काङ्ग्रेस नेता अमरेशकुमार सिंहका अंगरक्षकले गोली चलाएका छन् । उनले सर्लाहीको बलरा नगरपालिका-३ मा एक राउण्ड फायर गरेको स्थानीयले बताएका छन् ।

 

स्थानीयले उनी चढेको गाडि घेरेर तोडफोड गर्न लागेको भन्दै अत्मरक्षाका लागि फायर खोल्नु परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कांग्रेस नेता सिंहसहित निर्वाचन गतिविधिको लागि गाउँमा रहेको बेला साढे ८ बजे गोली चलेको हो । यस विषयमा थप सूचना सङ्कलन कार्य जारी रहेको र घटनाको विस्तृत जानकारी आउन बाँकी रहेको भन्दै प्रहरीले थप केही जानकारी दिन चाहेन ।

अन्य

भिडियो