१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा बाह्रविसे नगरपालिका–३ का २६ वर्षीय निरञ्जन लामालाई प्रहरीले ०८१ वैशाख २७ गते गिरफ्तार गरेको छ ।
पीडितलाई पटक पटक फकाएर आरोपितले बलात्कार गर्ने गरेको र अन्तिम पटक ०८० चैत १९ गते आरोपितकै घरमा लगेर बलात्कार गरेको पीडितपक्षको आरोप छ ।
पीडितको तर्फबाट पीडितका बुबाले वैशाख २७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको इन्स्पेक्टर यादवले जानकारी दिनु भयो ।
घटनामा अन्य दुई जना पुरुष समेत संलग्न भएको र उनीहरू हाल फरार भएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर संजिवकुमार यादवले बताउनुभयो ।
पीडितको स्वास्थ्य परीक्षण वैशाख २७ गते चौतारा अस्पतालमा गरियो ।