INSEC Online

📅 २०८३ जेष्ठ २१

मतदान स्थलको निर्वाचन प्रचार समग्री हटेन

तिलाठी कोईलाडी गापा-६ को मतदान स्थल श्री राधाकृष्ण मन्दिर प्राङ्गण, बभनगामा कट्टीको पूर्व-उत्तरतर्फटाँगिएका चुनावी प्रचार सामग्री असोज १ गते साँझसम्म हटाइएको छैन ।

भदौ ३० गते मध्य रातिदेखि मौन अवधि सुरू भएको भन्दै सदरमुकाम राजविराजलगायत राजमार्गस्थित मुख्य चोकहरूको सार्वजनिक स्थलबाट तुल, व्यानर, झण्डालगायतका चुनावी प्रचार सामाग्री हटाइए पनि सो मतदान स्थल छेउ बाँसको स्ट्याण्ड बनाई झुण्ड्याएर राखिएको नेपाली काङ्ग्रेसको चुनाव चिन्ह अङ्कित झण्डाहरू नहटाइएको निर्वाचन पर्यवेक्षक आशुतोष आनन्द सिंहले जानकारी दिए ।

निर्वाचन आचारसंहिता २०७२ को परिच्छेद २ को ५ (घ) २ मा मौन अवधि सुरू हुनुभन्दा अगाडि मतदान केन्द्रको ३ सय मिटर वरिपरी राखिएका आ-आफ्ना निर्वाचन चिन्ह तथा प्रचार र प्रसारका सामग्री हटाएको हुनुपर्ने उल्लेख छ । यसैगरी सोही परिच्छेदको ५ (घ) १ विपरीत उम्मेदवार र सो पार्टीका कार्यकर्ताहरूले मत माग्ने काम गरिरहेका छन् ।

मतदान स्थलमा बुथ बनाउन खटिएका कर्मचारीहरूले उनीहरू चुनाव गराउन आएको, चुनावी सामग्री हटाउन नआएको जनाएको बताउँदै पर्यवेक्षक सिंहले चुनावी सामग्री हटाउने कार्य प्रहरी, प्रशासनको भएको कर्मचारीहरूको प्रतिक्रिया रहेको जानकारी दिए ।

अन्य

भिडियो