INSEC Online

📅 २०८३ जेष्ठ २१

प्रहरीले चलाएको गोली लागेर परियार घाइते

जानकी गाउँपालिका-६, पिप्रहवास्थित रिहारमा ०८१ वैशाख २७ गते प्रहरीले चलाएको गोली लागेर कोहलपुर नगरपालिका-१२, चप्परगौढीका २६ वर्षीय सुशील परियार घाइते हुनुभएको छ । बायाँ खुट्टामा गोली लागेर घाइते हुनुभएका परियारको उपचारका लागि नेपालगञ्जस्थित भेरी अस्पतालमा भर्ना गरिएको छ ।

इलाका प्रहरी कार्यालयका डिएसपी धर्मराज भण्डारीका अनुसार लागुऔषध कारोबारको सूचना पाएपछि प्रहरीले गिरफ्तार गर्न लाग्दा फरार हुन खोजेपछि प्रहरीले परियारलाई नियन्त्रणमा लिन गोली प्रहार गरेको थियो । प्रहरीले घटनास्थलबाट कोहलपुर नगरपालिका-१२ का २७ वर्षीय प्रमोद कार्कीलाई समेत गिरफ्तार गरेको छ ।

प्रहरीले परियारको साथबाट १ सय १० ग्राम ब्राउन सुगर समेत बरामद गरेको डिएसपी भण्डारीले इन्सेकलाई जानकारी दिनुभयो । गिरफ्तारीमा परेका कार्कीलाई जिल्ला प्रहरी कार्यालयमा राखेर अनुसन्धान सुरु गरिएको डिएसपी भण्डारीले बताउनु भयो ।

अन्य

भिडियो