१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पीडित पक्षले माँडी नगरपालिका–९ का २२ वर्षीय विशाल बोटेविरुद्ध वैशाख २६ गते जिल्ला प्रहरी कार्यालय, चितवनमा उजुरी दिएका छन् ।
पीडितलाई आरोपित ०८१ वैशाख २४ गते बलात्कार गरेको भन्दै पीडित पक्षले वैशाख २४ गते प्रहरीमा मौखिक जानकारी गराएका थिए ।
घटनाको जानकारी पाए पछि प्रहरीले आरोपितलाई वैशाख २५ गते गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी श्रीराम भण्डारीले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण वैशाख २५ गते भरतपुर अस्पतालमा गरिएको छ ।