चार वर्षीया बालिकालाई बलात्कार गरेको कसुर ठहर गर्दै जिल्ला अदालतले त्रिपुरासुन्दरी गाउँपालिका–१ का २१ वर्षीय सुभाष जिरेललाई वैशाख २६ गते २५ वर्ष कैदको फैसला गरेको छ ।
जिल्ला अदालतका न्यायाधीश भगवती शर्मा ढुङ्गानाको इजलासले २५ वर्ष कैदको फैसला गरेको जिल्ला बार एकाइका अध्यक्ष भूपेन्द्रबहादुर थिङले बताउनु भयो ।
पीडितलाई आरोपितले ०७९ चैत २२ गते बलात्कार गरेको भन्दै पीडितकी आमाले ०७९ चैत २६ गते इलाका प्रहरी कार्यालय, बाह्रविसेमामा उजुरी दिनु भएको थियो ।
पीडितको स्वास्थ्य परीक्षण चैत २६ गते प्राथमिक स्वास्थ्य केन्द्र, बाह्रविसेमा गरिएको थियो ।