INSEC Online

📅 २०८३ जेष्ठ २१

नेकपाका कार्यकर्ताद्वारा इञ्जिनियरलाई दुर्व्यवहार

नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले रत्ननगर नगरपालिकाका इञ्जिनियर प्रकाशचन्द्र ढुङ्गानालाई मोविल दलेर दुर्व्यवहार गरेका छन् । असोज १ गते नगरपालिका परिसरभित्रै पसेर कार्यकक्षमा उनलाई माओवादी कार्यकर्ताले मोविल खन्याएका हुन् ।

ढुङ्गानाले भ्रष्टाचार गरेकाले कारबाही गरिएको कार्यालय परिसरमा छाडिएको पर्चामा उल्लेख गरिएको छ । उनीमाथि परियोजना र संस्थागत बजेट पारिदिने नाममा कमिशन खाने गरेको, घरजग्गा र बाटोको सिफारिस गरेबापत सेवाग्राहीबाट कमिशन लिने गरेकोलगायतका आरोप लगाइएको छ ।

चार जनाको सङ्ख्यामा आएका सो पार्टीका कार्यकर्ताहरूले मोविल खन्याएपछि भागेका थिए । घटनामा संलग्न नेकपाका कार्यकर्ताको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । इञ्जिनियर ढुङ्गानाले भने केही दिन अघि सो पार्टीका कार्यकर्ताले चन्दा मागेको र चन्दा नदिएपछि यस्तो हर्कत गरेको प्रतिक्रिया दिए ।

अन्य

भिडियो