११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा कञ्चन गाउँपालिका-४, रुद्धपुरका २७ वर्षीय प्रेम थापा र सोही ठाउँका १९ वर्षीय छवि थापालाई प्रहरीले ०८१ वैशाख २३ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितहरूले वैशाख २० गते बलात्कार गरेको भन्दै पीडित पक्षले वैशाख २२ गते इलाका प्रहरी कार्यालय, सालझण्डीमा उजुरी दियो । पीडित पक्षले दिएको सोही उजुरीको आधारमा आरोपितहरूलाई गिरफ्तार गरी थप अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय, सालझण्डीका इन्सपेक्टर अनिल पण्डितले इन्सेकलाई जानकारी दिनुभयो ।
पीडितको स्वास्थ्य परीक्षण वैशाख २२ गते लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा भयो ।