२३ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा पाल्पा जिल्लाको माथागढी गाउँपालिका–४ का ३४ वर्षीय बालकृष्ण सारुलाई प्रहरीले ०८१ वैशाख २३ गते गिरफ्तार गरेको छ ।
पीडित महिलालाई आरोपितले वैशाख ८ गते बलात्कार गरेको भन्दै पीडित पक्षले वैशाख २२ गते इलाका प्रहरी कार्यालय, बुटवलमा उजुरी दियो । पीडित पक्षले दिएको सोही उजुरीको आधारमा आरोपितलाई गिरफ्तार गरी थप अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय, बुटवलका डिएसपी विजयराज पण्डितले जानकारी दिनुभयो ।
पीडितको स्वास्थ्य परीक्षण वैशाख २२ गते लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा भयो ।