३५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा कपिलवस्तुको तौलिहवा नगरपालिका-९ का ३० वर्षीय अनिल चौधरीलाई प्रहरीले ०८१ वैशाख २० गते गिरफ्तार गरेको छ ।
पीडित महिलालाई आरोपितले वैशाख ७ गते बलात्कार गरेको भन्दै पीडित पक्षले वैशाख १९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दियो । पीडित पक्षले दिएको सोही उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरिएको र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी मनोहरप्रसाद भट्टले इन्सेकलाई जानकारी दिनुभयो ।
पीडितको स्वास्थ्य परीक्षण वैशाख १९ गते भिम अस्पताल, भैरहवामा भयो ।