१७ वर्षीया बालिका, १८ वर्षीया युवती र २० वर्षीया युवतीलाई बेचबिखन तथा ओसारपसार गरेको आरोपमा बुटवल उपमहानगरपालिका-११ का ४२ वर्षीय पानी थापा विरुद्ध जिल्ला प्रहरी कार्यालयमा ०८१ वैशाख १८ गते उजुरी दर्ता भएको छ ।
पीडितहरूलाई आरोपितले वैशाख १८ गते राम्रो जागिर दिने प्रलोभन देखाएर व्यवसायमा लगाएर बेचबिखन तथा ओसारपसार गरेको भन्दै पीडित पक्षले सोही दिन जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी मनोहर प्रसाद भट्टले इन्सेकलाई जानकारी दिनुभयो ।
घटनाका आरोपित फरार रहेकाले खोजी कार्य भइरहेको डिएसपी भट्टले बताउनु भयो । पीडितहरूको स्वास्थ्य परीक्षण वैशाख १८ गते भिम अस्पताल, भैरहवामा भयो ।