१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा भदौ २९ गते फाल्गुनन्द गाउँपालिका-७ का ३० वर्षीय राजकुमार आङदेम्बेविरुद्ध जिल्ला प्रहरी कार्यालयमा पीडित पक्षले दिएको उजुरी दर्ता भएको छ ।
पीडितका आफन्तले दिएको उजुरी दर्ता गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर विज्ञान बस्नेतले बताए ।
पीडित बालिकालाई आरोपितले भदौ २३ गते बलात्कार गरेको पीडित पक्षले आरोप लगाएको छ । पीडित बालिकाको स्वास्थ्य परीक्षण र उपचार भदौ २८ जिल्ला अस्पताल पाँचथरमा गरिएको छ ।
पीडित पक्षको मौखिक सूचनाका आधारमा भदौ २८ गते आरोपितलाई गिरफ्तार गरी अनुसन्धान थालिएको इन्स्पेक्टर बस्नेतले बताए ।