सप्तरी राजविराज नगरपालिका–१३ का २५ वर्षीय सितेन्द्र यादवालाई अपहरण गरी शरीर बन्धक बनाएको आरोपमा काठमाडौँ महानगरपालिका–२९ सिनामंगल बस्ने सर्लाही जिल्ला मलङ्गवा नगरपालिका–३ घर भएका २५ वर्षीय अजिम अली र सोही नगरपालिका–७ बस्ने २५ वर्षीय एमडि सनी अलाहीलाई प्रहरीले ०८१ वैशाख १८ गते सिनामङ्गलबाट गरिफ्तार गरेको छ ।
पीडित यादवले आफू अपहरणमा परेको र मुक्त हुन चार लाख ८० हजार रुपियाँ दिनुपर्ने भनी पत्नीलाई जानकारी गराएको आधारमा प्रहरीको विशेष टोलीले काठमाडौँ महानगरपालिका – ९ सिनामंगलबाट पीडितको उद्धार गरेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रवीन्द्र रेग्मीले बताउनु भयो।
पीडित वैदेशिक रोजगारीमा गएर कतारबाट फर्किदा अजिमका आफन्तले पठाएको २५ ग्राम सुन अजिमले नपाई अर्कै व्यक्तिलर सुन लगेको भन्दै अजिमले आफ्नो डेरामा जबरजस्ती लगि कुटपिट गर्नुका साथै पीडितको पत्नीलाई ४ लाख ८० हजार दिए पश्चात मात्र छाड्ने भनि विभिन्न किसिमका डर र त्रास तथा धाक धम्की दिएको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएकोले अपहरण तथा शरीर बन्दक बनाएको कसुरमा कारबाही प्रकृया अघि बढाइएको एसपी रेग्मीले जानकारी दिनु भयो ।