INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहार घटनाका आरोपितहरू गिरफ्तार

१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा १६ वर्षीय र १७ वर्षीय बालकलाई प्रहरीले ०८१ वैशाख १९ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितहरूले वैशाख १७ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले वैशाख १८ गते इलाका प्रहरी कार्यालय, बेलाटारीमा उजुरी दिएको थियो ।

पीडित पक्षले दिएको सोही उजुरीको आधारमा आरोपितलाई गिरफ्तार गरी थप अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय, बेलाटारीका इन्स्पेक्टर श्यामप्रकाश यादवले जानकारी दिनुभयो ।

पीडितको स्वास्थ्य परीक्षण वैशाख १८ गते पृथ्वीचन्द्र जिल्ला अस्पतालमा भयो ।

अन्य

भिडियो