INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार प्रयास कसुरमा चार वर्ष कैदको फैसला

३० वर्षीया महिलालाई बलात्कार प्रयास  गरेको कसुर ठहर गर्दै जिल्ला अदालतले सिद्धलेक गाउँपालिका–१ का ३६ वर्षीय राजेन्द्र लम्साललाई  चार वर्ष कैद र १ लाख ५० हजार जरिबनाको फैसला गरेको छ ।

जिल्ला अदालतका न्यायाधीश  गोपाल प्रसाद पराजुलीको वैशाख १६ गते उक्त फैसलासँगै पीडितलाई १ लाख ५० हजार रुपियाँ क्षतिपूर्ति दिन फैसलामा उल्लेख भएको जिल्ला अदालतका स्रेस्तेदार माधव भण्डारीले बताउनु भयो

पीडितलाई आरोपितले ०८० कात्तिक २४ गते बलात्कार प्रयास  गरेको भन्दै पीडितले कात्तिक २५ गते जिल्ला प्रहरी कार्यालय धादिङमा उजुरी दिनु भएको थियो ।

पीडितको स्वास्थ्य परीक्षण कात्तिक २५ गते धादिङ अस्पतालमा गरिएको थियो ।

अन्य

भिडियो