मानव बेचबिखन घटनाका आरोपित मध्यविन्दु– ९ बस्ने ४० वर्षीया सावित्री भण्डारीलाई सात वर्ष कैद सजायको फैसला भएको छ ।
२०८० वैशाख १४ गतेको आदेशले भण्डारीलाई सात वर्ष कैद र ५० हजार जरिबानाको सजाय तोकेर चितवन कारागार चलान गरेको हो ।
जिल्ला प्रहरी कार्यालयका निमित्त सूचना अधिकारी कमल परियारले दिनुभएको जानकारी अनुसार सावित्री भण्डारी विरुद्ध २०७५ सालमा मानव बेचबिखन कसुरमा मुद्दा दर्ता गरेको थियो । जिल्ला अदालतबाट सोही वर्ष सात वर्ष कैद र ५० हजार जरिबानाको सजाय तोकिएको थियो ।
तर आरोपित पक्षले उच्च अदालत पोखरामा रिट हालेका थिए । उच्च अदालत पोखराले जिल्ला अदालतकै फैसला सदर गरेपछि जिल्ला प्रहरी कार्यालय नवलपुरले भण्डारीलाई वैशाख १३ गते घरबाट गिरफ्तार गरि वैैशाख १४ गते अदालतमा पेश गरेको थियो ।