बझाङ प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर १ मा ०८१ वैशाख १५ गते विहान ७ बजेदेखि सुरु भएको मतदान कार्य निर्धारित समयमै शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको छ ।
९३ ओटा मतदान केन्द्र र ७४ ओटा मतदानस्थल रहेको प्रदेश सभा निर्वाचन क्षेत्र नम्ब्र १ मा निश्पक्ष र भयरहीत अवस्थामा शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न भएको जिल्ला निर्वाचन कार्यालय, बझाङका निर्वाचन अधिकृत मानबहादुर धामीले बताउनु भयो ।

प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर १ क मा ६१ हजार ७ सय ६८ जना मतदाता रहेकोमा ४९.७ प्रतिशत अर्थात ३० हजार ३ सय २८ मत खसेके मुख्य निर्वाचन अधिकृत सुदर्शत लामिछानेले बताउनु भयो । साइपाल गाउँपालिका वडा नम्बर ३,४,५ बाहेक अरू वडा र स्थानीय तहका मतपेटिका मतगणना स्थल सदरमुकाम चैनपुर तर्फ लैजाने कार्यभइरहेको जिल्ला निर्वाचन कार्यालय, बझाङका प्रमुख मानबहादुर धामीले बताउनु भयो ।

सबै मतमेटिकाहरु सदरमुकाम ल्याउने कार्य भइरहेकोले मतपेटिकाहरु ल्याइएपछि मतगणना जारी गरिने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
सुदूरपश्चिम प्रदेश सभा सदस्य पृथ्विबहादुर सिंहको जिप दुर्घटनामा मृत्यु भएपछि बझाग् प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर १ मा उपनिर्वाचन सम्पन्न भएको हो ।

