INSEC Online

📅 २०८३ जेष्ठ २१

सप्तमाइ मतदान केन्द्रमा मतदानको जिम्मा महिला कर्मचारीलाई

इलाम निर्वाचन क्षेत्र नं २ अन्तर्गत इलाम नगरपालिका–५ को सप्तमाइ अध्ययन तथा अनुसन्धान मतदान केन्द्रमा मतदान गराउने जिम्मा महिला कर्मचारीलाई मात्र दिइएको छ ।

सप्तमाइ अध्ययन तथा अनुसन्धान केन्द्रलाई नमुना मतदान केन्द्रका रूपमा परिभाषित गर्दै मतदानको सबै जिम्मेवारी महिला कर्मचारीलाई मात्रै दिइएको हो ।

उक्त केन्द्रका मतदान अधिकृत सहायक मतदान अधिकृत र मतदान कर्मचारी सबै महिला रहनुभएको मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले जानकारी दिनुभयो ।

photo20240427ilam4

५ सय ४५ जना मतदाता रहेको उक्त केन्द्रमा पाँच जना महिला कर्मचारी खटाइएको छ । उक्त केन्द्रमा स्वास्थ्यकर्मी तारा श्रेष्ठलाई मतदान अधिकृतको जिम्मेवारी दिइएको छ । साथै केन्द्रमा महिला प्रहरी मात्र खटाइएको छ ।

अन्य

भिडियो