INSEC Online

📅 २०८३ जेष्ठ २१

बेचविखन प्रयास घटनाका आरोपित विरुद्ध उजुरी

नौ वर्षीया बालकलाई बेचबिखन प्रयास गरेका आरोपित बरहथवा नगरपालिका–४ का ३८ वर्षीय विनोदकुमार चौधरी र ४१ वर्षीय सुरजकुमार चौधरी विरुद्ध ०८१ वैशाख ९ गते पीडित पक्षले इलाका प्रहरी कार्यालय बरहथवामा उजरी दिनु भएको छ ।

बालकलाई नगद रुपियाँको प्रलोभन देखाई वैशाख ६ गते भारत तर्फ लग्दै गरेको आवस्थामा इलाका प्रहरी कार्यालय बरहथवाको टोलीले सोध पुछका लागि बरहथवा नगरपालिका–१ हजरियामा रोक्न खोज्दा आरोपितहरूले बालकलाई छाडी फरार भएको इलाका प्रहरी कार्यालय बरहथवाका इन्स्पेक्टर सुमन बनियाले जानकारी दिनु भयो ।

बालकलाई उद्धार गरी अभिभावकको जिम्मा लगाएको र आरोपितहरूको खोज तलास भइरहेको उहाँले बताउनु भयो ।

अन्य

भिडियो