INSEC Online

📅 २०८३ जेष्ठ २१

‘कथित बोक्सी’ आरोपमा कुटपिट घटनाका आरोपित विरुद्ध उजुरी

गोडैता नगरपालिका–१० सिसौटिया की ४१ वर्षीया राजो देवी खत्बेलाई सोही ठाउँका ३७ वर्षीय रामविनय कुमार यादवले ‘कथित बोक्सी’ आरोपमा कुटपिट गरेको भन्दै पीडितले आरोपित विरुद्ध जिल्ला प्रहरी कार्यालय मलंगवामा ०८१ वैशाख ९ गते उजुरी दिनु भएको छ ।

आरोपितले ०८० चैत २६ गते पीडितलाई बोक्सी भन्दै गालिगलौज गर्नुका साथै कुटपिट समेत गरेको पीडितले बताउनु भयो । उजुरी पश्चात आरोपित पक्षले वैशाख २ गते वडा तथा गाउँमै मिलापत्र गर्न दबाब समेत दिएको पीडितको आरोप रहेको छ ।

पीडितको स्वास्थ्य उपचार चैत २७ गतेदेखि ३० गतेसम्म प्रादेशिक अस्पताल मलंगवामा भयो । घाउजाँच पुनः ०८१ वैशाख ९ गते भएको पीडितले बताउनु भयो ।

घटना बारे अनुसन्धान गरी दोषी उपर कानुन बमोजिम कारबाही गर्ने जिल्ला प्रहरी कार्यालय मलंगवाका इन्स्पेक्टर सविन कार्कीले जानकारी दिनु भयो ।

अन्य

भिडियो