बरहथवा नगरपालिका–८ की ४४ वर्षीया सरिका दिवानीलाई सोही ठाउँका ३७ वर्षीय अक्लु भनिने अनिकेश यादवले ‘कथित बोक्सी’ आरोपमा कुटपिट गरेको भन्दै पीडितले आरोपित विरुद्ध इलाका प्रहरी कार्यालय बरहथवामा ०८१ वैशाख ९ गते उजुरी दिनु भएको छ ।
पीडितलाई आरोपितले वैशाख २ गते “कथित बोक्सी” आरोपमा गालिगलौज गर्नुका साथै कुटपिट समेत गरेको भन्दै पीडितले इलाका प्रहरी कार्यालय बरहथवामा उजुरी दिनु भयो ।
उजुरी पश्चात आरोपित पक्षले वैशाख ७ गते गाउँमै मिलापत्र गर्न धाक धम्की समेत दिएको पीडितको आरोप रहेको छ ।पीडितको स्वास्थ्य उपचार वैशाख २ गतेदेखि ४ गतेसम्म प्रादेशिक अस्पताल मलंगवामा भयो । घाउजाँच पुनः वैशाख ९ गते भएको पीडितले बताउनु भयो ।
घटना बारे अनुसन्धान गरी दोषी उपर कानुन बमोजिम कारबाही गर्ने इलाका प्रहरी कार्यालय बरहथवाका इन्स्पेक्टर सुमन बनियाले जानकारी दिनु भयो ।