INSEC Online

📅 २०८३ जेष्ठ २१

विवाहअघि थप दाइजो माग, एक जना गिरफ्तार

चक्रघटा गाउँपालिका–८ औरही की २० वर्षीया काजलकुमारी साहले आफूसँग विवाह निश्चित भएका मलंगवा नगरपालिका-२ का २० वर्षीय सुवोधकुमार साह विरूद्ध थप दाइजो माग गरेको आरोपमा प्रहरीमा उजुरी दिनु भएको छ ।

पीडितले सुवोधका ४६ वर्षीय बाबु विलास साह र ४२ वर्षीया आमा चन्द्रकलादेवी साहविरूद्ध थप दाइजो माग गरेको आरोपमा ०८१ वैशाख ७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनु भएको हो ।

दुवै परिवारबीच ०८० फागुन ५ गते भएको छलफल पश्चात २ लाख ५० हजार रुपियाँ नगद र आधा तोला सुन दिएर ०८१ वैशाख १९ गतेलाई विवाह मिति तोकिएको थियो ।

तर, विवाह मिति अघि नै आरोपित पक्षले थप २ लाख ५० हजार रुपियाँ नगद, पाँच तोला सुन र एक थान मोटरसाइकल दिएमात्र वैशाख १९ गते जन्ती आउने भनेपछि आरोपितविरूद्ध प्रहरीमा उजुरी दिएको पीडित काजलकुमारीका ६७ वर्षीय हजुरबुबा अमिरी साहले बताउनु भयो ।

पीडित पक्षको उजुरीका आधारमा वैशाख ९ गते ४६ वर्षीय विलास साहलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी दीपक श्रेष्ठले बताउनु भयो ।

उजुरी लगत्तै फरार भएका सुवनेध र ४२ वर्षीया आमा चन्द्रकलादेवीको खोजी थालिएको प्रहरीले जनाएको छ ।

अन्य

भिडियो