खडक नगरपालिका–८ खोजपुर खेस्राहाका ५५ वर्षीया मैरुन कुजरनीलाई “कथित बोक्सी” भन्दै अमानवीय व्यवहार गरेको आरोपमा सोही वडाका ६५ वर्षीय हनिफ मियाँ ०८१ वैशाख ९ गते गिरफ्तार भएका छन् ।
पीडितलाई ०८० जेठ २४ गते विहान उनको घरमा हनिफसहित निजका छोरा ४७ वर्षीय बिजली मियाँ, बोदे बर्साइन नगरपालिका–३ की ३० वर्षीया सैयरा भनिने खैरुल खातुनले “कथित बोक्सी” भन्दै गालीगलौज गरी लुगा च्याती दिएको भन्दै मैरुन कुजरनीले इलाका प्रहरी कार्यालय कल्याणपुरमा ०८० जेठ २९ उजुरी दिनुभएको थियो ।
आरोपितहरू विरुद्ध इलाका प्रहरी कार्यालय कल्याणपुरले फागुन २३ गते उजुरी दर्ता गरेको इन्स्पेक्टर शुभेश अधिकारीले जानकारी दिनु भयो । फरार रहेका आरोपितहरू विरुद्ध फागुन २३ गते नै पक्राउ पुर्जी जारी भएको थियो ।