INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा गुलरिया नगरपालिका–४ का २१ वर्षीय अर्जुन सुनारलाई प्रहरीले वैशाख ५ गते गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले चैत २१ गते बलात्कार गरेको भन्दै पीडित पक्षले वैशाख ५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । पीडित पक्षले दिएको उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी तुल्सीराम अर्यालले इन्सेकलाई जानकारी दिनुभयो ।

पीडितको स्वास्थ्य परीक्षण वैशाख ५ गते बर्दिया अस्पताल, गुलरियामा भयो ।

अन्य

भिडियो