INSEC Online

📅 २०८३ जेष्ठ २१

बारामा आचारसंहिता उल्लङ्घन बढ्दो

प्रदेश नं. २ मा स्थानीय तहको तेस्रो चरणको चुनाव नजिकिँदै गर्दा उम्मेदवार, मन्त्री र सांसदहरूबाट आचारसंहिता उल्लङ्घन गर्ने क्रम बढिरहेको छ ।

असोज २ गते हुन लागेको चुनावको चहलपहल बढिरहँदा चुनाव प्रचार शैली भड्किलो भएको नागरिक समाजका अगुवाहरूको प्रतिक्रिया छ ।

Photo20170912Bara

दलका उम्मेदवारहरूले लामो र ठूलो अकारका व्यानर प्रयोग गरिरहेका छन् । मन्त्री र सांसदहरू आफ्ना उम्मेदवारलाई जिताउन घरदैलोमा सहभागी भइरहेको पाइएको छ । चुनाव प्रचार तामझाम र महङ्गो भइरहँदा नियममनकारी निकायले अनुगमनमा कडाइ गरेका छैनन् । चुनावी प्रचारमा बालबालिकाको प्रयोग पनि उत्तिकै देखिएको छ ।

Photo20170912Bara1

उम्मेदवारी मनोनयनको दोस्रो दिनदेखि नै मन्त्री आ-आफ्ना उम्मेदवारसँगै घरदैलोमा सहभागी भइरहेका छन् । आचारसंहिता उल्लङ्घनबारे कतैबाट लिखित उजुरी नआएको मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले बताए । उजुरी आएमा छानबिन गरिने उनको भनाई छ ।

अन्य

भिडियो