हनुमाननगर कङ्कालिनी नपामा सङ्घीय समाजवादी फोरम नेपालका उम्मेदवारले भदौ २४ गतेदेखि थालेको माइकिङ्लाई भदौ २५ गते पनि जारी राखेका छन् ।

चुनाव चिन्ह र उम्म्मेदवारको पक्षमा मत माग्दै सिटी रिक्सामा माइकिङ् भइरहेकोमा भदौ २५ गतेदेखि नेकपा माओवादी केन्द्र र राप्रपाका उम्मेदवारले पनि रिक्सामा लाउडस्पिकर राखेर माइकिङ् सुरु गरेका छन् ।
उनीहरूले सिटी रिक्सामा माइकिङ् गर्दै भारदह, पोर्ताहा, जोगिनिया, रम्पुरा मल्हनिया, हनुमाननगर बजारमा दिनभरी प्रचारप्रसार गरिरहेको छ ।
निर्वाचन आचारसंहिता-२०७२ को परिच्छेद ५ को ‘क’ १२ अनुसार आमसभा गरेको स्थल र समयमा बाहेक अन्य स्थल र समयमा माइक तथा लाउडस्पिकर र ध्वनी उत्पन्न गर्ने अन्य यन्त्र प्रयोग गर्न नहुने उल्लेख छ ।