INSEC Online

📅 २०८३ जेष्ठ २१

आचारसंहिता विपरीत चुनाव प्रचारमा बालबालिकाको प्रयोग

आचारसंहिता विपरीत चुनाव प्रचारमा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवारले भदौ २५ गते बालबालिकाको प्रयोग गरेका छन् ।

लहान नपा­-७ बाट राप्रपाका वडा अध्यक्षका उम्मेदवार रामअवतार शर्माले भोट माग्ने क्रममा बालबालिकालाई झण्डा बोकाएर प्रचार प्रसारमा लगाएको आरोप छ ।

शर्माले माइकिङ् गर्दै बालबालिकाहरूलाई राप्रपा-जिन्दावाद, भोट-रामअवतार शर्मालाई, गाई छाप-जिन्दावाद जस्ता नारा लगाउन सिकाउँदै वडामा घुमाएका हुन् ।

नियोककी जिल्ला सदस्य देवकुमारी महराका अनुसार सबै जसो दलहरूले बालबालिकाहरूलाई प्रचार प्रसारमा आचारसंहिता विपरीत प्रयोग गरेको पाइन्छ । कुनै पनि बहानामा बालबालिकाको प्रयोग नगर्न र गराउन सबै राजनीति दलहरूलाई आग्रह गर्ने महराले बताइन् ।

यसैगरी आचारसंहिता विपरीत राजमार्गहरूमा झुण्ड्याइएका झण्डाहरू प्रहरी लगाएर हटाइएको छ । भदौ २४ गते बसेको सर्वपक्षीय भेलाले राजमार्गमा झुण्ड्याइएका झण्डाहरू हटाउने सहमति अनुसार झण्डाहरू हटाउन थालिएको इलाका प्रहरी कार्यालय लहानका डिएसपी हिराबहादुर पाण्डेले बताए ।

अन्य

भिडियो