INSEC Online

📅 २०८३ जेष्ठ २१

आचारसंहिताले द्वन्द्व पीडितको राहत रोकियो

आगामी मङ्सिरमा हुने सङ्घीय र प्रदेशको चुनावका लागि निर्वाचन आयोगले आचारसंहिता लागू गरेपछि अछामका विस्थापित परिवारको खातामा पठाउन लागेको राहत रकम बिचैमा रोकिएको छ ।

निर्वाचन आचारसंहिताका कारण ५ सय ८० परिवारका प्रति सदस्य जनही २५ हजारका दरले पाउने रकम आउँदो पुस महिनापछि मात्र पाउने भएका स्थानीय शान्ति समितिका सचिव अनिलकुमार विष्टले जानकारी दिए ।

असार मसान्तमा अछामका १ सय ९१ जना मृतकका परिवार र विस्थापित भएका ५ सय ८० परिवारका ३ हजार २ सय भन्दा बढी व्यक्तिका लागि १२ करोड ३ लाख ५० हजार रुपियाँ बजेट सरकारबाट प्राप्त भएको छ । ‘पीडित जतिका सबैका कागजात तयार थिए, चेक काट्न मात्र बाँकी थियो तर राहत रकम बाँड्न पाइएन ।’-सचिव विष्टको भनाई छ ।

सचिव विष्टका अनुसार मृतक मध्ये १ सय २५ जना सर्वसाधारण, १२ जना प्रहरी, चार जना सशस्त्र प्रहरी र एक जना सेनाका आफन्तलाई जनही ५ लाख रुपियाँका दरले राहत रकम वितरण गरिसकिएको छ । यही भदौ १४ गतेबाट निर्वाचन आयोगले देशभर निर्वाचन आचारसंहिता लागू गरेपछि बाँकी रकम वितरणको काम प्रभावित भएको हो ।

अन्य

भिडियो