INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आराेपित विरुद्धकाे उजुरी दर्ता

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा तिलाठी कोइलाडी गाउँपालिका–३ स‌करपुराका २१ वर्षीय रामकुमार मण्डलविरुद्ध जिल्ला प्रहरी कार्यालयमा चैत २७ गते उजुरी दर्ता भएको छ ।

पीडितको घरमा कोही नभएका बेला ललाईफकाई विभिन्न प्रलोभन दिई चैत २० गते बलात्कार गरेको पीडितकी आमाले बताउनु भयो । बालिकालाई बलात्कार गरेको भन्दै पीडितकी आमाले जिल्ला प्रहरी कार्यालयमा चैत २१ गते उजुरी दिनुभएको थियो ।

पीडितको स्वास्थ्य परीक्षण गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा ०८० चैत २१ गते भएको छ । आरोपित हालसम्म फरार रहेकाे प्रहरी जनाएकाे छ ।

अन्य

भिडियो