INSEC Online

📅 २०८३ जेष्ठ २१

उपनिर्वाचन ०८१- इलाममा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

इलाम क्षेत्र न.२ मा ०८१ वैशाख १५ गते हुने प्रतिनिधिसभाको उपनिर्वाचनका लागि सदरमुकाममा चैत २२ गते मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयको उद्घाटन निर्वाचन आयुक्त जानकी तुलाधरले ०८० चैत २२ गते गर्नु भएको छ ।

नेपाल बार एसोसिएसनको भवनमा कार्यालय निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्दै आयुक्त तुलाधरले शान्तिपूर्ण र सभ्य ढङ्गले नमुनाकै रूपमा इलाम निर्वाचन क्षेत्र न.२ मा चुनाव सम्पन्न गराउने बताउनु भयो । उहाँले उपनिर्वाचनका लागि आवश्यक सबै संयन्त्र तयारी अवस्थामा रहेको बताउनु भयो ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापनापछि चैत २४ गते उम्मेदवारी मनोनयन दर्ता हुने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । अन्तिम नामावली प्रकाशन र उम्मेदवारलाई चुनाव चिह्न वितरणको कार्यक्रम चैत २७ लाई राखिएको छ । चैत २८ देखि वैशाख १२ सम्म प्रचारअवधि राखिएको छ । ०८१ वैशाख १५ बिहान ७ देखि साँझ ५ बजेसम्मलाई मतदानको समय तोकिएको छ ।

संविधानसभा अध्यक्ष तथा पूर्वसभामुखसमेत रहेका नेकपा (एमाले) उपाध्यक्ष सुवासचन्द्र नेम्बाङको ०८० भदौ २६ मा निधन भएपछि रिक्त क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो । आउँदो उपनिर्वाचनका लागि २० ओटा दल दर्ता भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

Photo 20240405 Ilam

अन्य

भिडियो