१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा कञ्चनपुरको वेलौरी नगरपालिका–५ स्थायी घरभई बुटवल उपमहानगरपालिका–११ बस्ने ३० वर्षीय हरिलाल चौधरीलाई प्रहरीले ०८० चैत २१ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले चैत १९ गते बलात्कार गरेको भन्दै पीडितले चैत २० गते इलाका प्रहरी कार्यालय, बुटवलमा उजुरी दिनुभएको थियो ।
पीडितले दिनुभएको सोही उजुरीको आधारमा आरोपितलाई गिरफ्तार गरी थप अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय, बुटवलका डिएसपी विजयराज पण्डितले जानकारी दिनुभयो ।
पीडितको स्वास्थ्य परीक्षण चैत २० गते भिम अस्पताल, भैरहवामा भयो ।