INSEC Online

📅 २०८३ जेष्ठ २२

बाढीपहिरो पीडित : डेढ वर्ष सम्म राहत नपाएको गुनासो

जिल्लाको चार ओटा स्थानीय तह सोरु गाउँपालिका,मुगुम कारमारोङ गाउँपालिका, खत्याड गाउँपालिका र छाँयानाथ रारा नगरपालिकामा ०७९ साल असोज १९ देखि २३ गतेसम्मको भीषण बाढीपहिरोले २ सय ३६ परिवार पूर्णरुपमा विस्थापित भएका थिए , भने  १ सय ८८ घरमा आंशिक क्षति र ३ सय ९९ परिवार उच्च जोखिममा परेका थिए । डेढ वर्ष वितिसक्दा पनि तीनै तहका सरकारबाट राहत र पुनर्वासको व्यवस्था नहुँदा पीडित परिवारलाई सास्ती भएको छ ।

बाढीपहिरोबाट छायाँनाथ रारा नगरपालिकाकाे सालिम गाउँमा आठ जनाले ज्यान गुमाएका थिए भने जिल्लाभर भौतिक पूर्वाधार र अन्नबाली गरेर करिब ३६ करोड ८० लाख रुपियाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय डिएसपी बिरेन्द्र बहादुर थापाले बताउनु भयो ।

बाढीले घर जग्गा बगाएको डेढ वर्ष बितिसक्दा सम्म तीन तहका सरकारले केहि पनि राहत उलब्ध नगराएको सोरु गाउँपालिका–८ तारापानीकी पीडित राज्यलक्ष्मी बमले गुनासो गर्नु भयो । सघसंस्थाले दाल , तेल र चामल राहत दिएको तर स्थानीय सरकारको सहयोग केही नपाएको उहाँले बताउनु भयो ।

यसै गरी , आफ्नो घर र जग्गा केही पनि छैन सरकारले दिने भनेकै आशमा अहिलेसम्म पर्खिरहेका छौ । सरकारले ५ लाख रुपियाँ राहत स्वरुप दिने निर्णय गरेता पनि अझै पाउन नसकेको छाँयानाथ रारा नगरपालिका – रोवाका ११ का पीडित पदम कुमाइले बताउनु भयो । राहतको प्रतिक्षा गदै डेढ वर्ष वित्यो तर अझै राहत नपाएको उहाँले बताउनु भयो ।

आफ्नो घर पुर्ण रुपमा क्षति भएको थियोे सरकारले पैसा दिने  भनेर घर त बनाइयो तर अहिले सम्म सरकारले रकम उपलब्ध नगराउँदा घर बनाउने कामदारलाई ज्याला दिन नसकेको सोरु गाउँपालिका– ९ कालैका पीीडत लोग बहादुर शाहीले गुनासो गर्नुभयो ।

चिसोमा त्रिपालको बास निकै कष्ट रहेयो । अब हावाहुरीको मौसममा थप कष्टकर बन्दै गरेको पीडित छाँयानाथ रारा नगरपालिका – ८ का चन्द्र बहादुर रावलले बताउनुभयो । सरकारले डेढ वर्ष सम्म बाढीपहिरो पीडितलाई न राहत न पुनर्वासको व्यवस्था गर्न नसकेकोमा उहाँले गुनासो गर्नुभयो  ।

बाढीपहिरो पीडितलाई राहत तथा पुनर्वास लागि पटक पटक तीन तहको सरकारलाई राहतको लागि माग गरिएको तर राहत उपलब्ध नभएको प्रमुख जिल्ला अधिकारी टोपेन्द्र बहादुर केसीले जानकारी दिनु भयो । जिल्ला प्रशासन कार्यालयबाट बाढीपहिरो पीडितका लागि बजेट माग समन्वय भएको तर केन्द्रबाट बजेट नआउँदा समस्या भएको उहाँले बताउनु भयो ।

अन्य

भिडियो