अभिभावकले अन्तरजातीय विवाह गराउन अस्विकार गरेपछि कपिलवस्तु जिल्लाका २० वर्षीय आशिष सुनार र सोही ठाउँकी २० वर्षीया नविना पौडेलले ०८० चैत १९ गते जिल्ला प्रहरी कार्यालय तनहुँको हातामा प्रहरीको संरक्षणमा अन्तरजातीय विवाह गर्नुभएको छ ।
आफुहरुको जात नमिलेकै कारण घर परिवारले विवाहको स्विकृती दिन नमानेपछि घर छाडेर यहाँ आएर विवाह गर्न बाध्य भएको उहाँहरुले बताउनु भयो । उहाँहरु केही दिन अघि व्यास नगरपालिका– १० मा डेरा गरि बस्नु भएको थियो । उहाँहरुले चैत १९ गते जिल्ला प्रहरी कार्यालयमा आई आफ्नो अवस्थाको बारेमा एसपी अपिलराज बोहोरालाई जानकारी गराउनुभएको थियो ।
उहाँहरुले विवाह गर्न खोजेको जानकारी गराएपछि उमेर प्रमाणित गरेर प्रहरी कार्यालयको हातामा विवाह गराइदिएको एसपी बोहोराले बताउनु भयो ।
अन्तरजातीय विवाहलाई परिवारले रोक लगाएको र केटाकेटीको उमेर पनि विवाह गर्न योग्य भएको ठहरिएपछि उहाँहरुको इच्छा अनुसार विवाह गर्न अनुमती दिएको एसपी बोहोराले बताउनु भयो ।