१३ वर्षीया बालिकालाई ०८० फागुन ८ गते बलात्कार गरेको आरोपमा कालिकोट जिल्लाकाे पलाता गाउँपालिका–२ घर भइ हाल वीरेन्द्रनगर नगरपालिका–६ का १९ वर्षीय सन्देश विश्वकर्मालाई प्रहरीले चैत १७ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले फागुन ८ गते बलात्कार गरेको भन्दै पीडित पक्षले फागुन १० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।
आरोपितलाई वीरेन्द्रनगर नगरपालिका –६ भैरवस्थानबाट गिरफ्तार गरी चैत १८ गते जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान थालिएकोे जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर कृष्णबहादुर खड्काले जानकारी दिनुभयो ।
पीडित बालिकाको फागुन १० गते प्रदेश अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको थियो ।