३६ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा छोरा १६ वर्षीय बालकलाई प्रहरीले ०८० चैत १३ गते गिरफ्तार गरेको छ ।
पीडित महिलालाई आरोपितले चैत १२ गते राति बलात्कार प्रयास गरेको भन्दै पीडितले चैत १३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनुभयो ।
पीडितले दिनुभएको सोही उजुरीको आधारमा घटनाका आरोपितलाई गिरफ्तार गरी थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी मनोहर प्रसाद भट्टले इन्सेकलाई जानकारी दिनुभयो ।
पीडितको स्वास्थ्य परीक्षण चैत १२ गते भिम अस्पताल, भैरहवामा भयो ।