१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा मर्चवारी गाउँपालिका–३ का १७ वर्षीय बालकलाई प्रहरीले ०८० चैत १० गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले चैत ८ गते बलात्कार गरेको भन्दै पीडितले चैत ९ गते इलाका प्रहरी कार्यालय, मर्चवारमा उजुरी दिनुभयो ।
पीडितले दिनुभएको सोही उजुरीको आधारमा आरोपितलाई गिरफ्तार गरी थप अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय, मर्चवारका इन्सपेक्टर रेशम प्रसाद आचार्यले जानकारी दिनुभयो ।
पीडितको स्वास्थ्य परीक्षण चैत ९ गते भिम अस्पताल, भैरहवामा भयो ।