INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

२० वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा बाँसगढी नगरपालिका–४ का वडा अध्यक्ष ४६ वर्षीय कृष्ण प्रसाद बास्तोलालाई प्रहरीले ०८० चैत ८ गते गिरफ्तार गरेको छ ।

पीडित युवतीलाई आरोपितले चैत ७ गते बलात्कार गरेको भन्दै पीडित पक्षले चैत ८ गते इलाका प्रहरी कार्यालय, मोतिपुरमा उजुरी दिएको थियो । पीडित पक्षले दिएको सोही उजुरीको आधारमा आरोपितलाई गिरफ्तार गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी तुल्सीराम अर्यालले इन्सेकलाई जानकारी दिनुभयो ।

पीडितको स्वास्थ्य परीक्षण चैत ८ गते बर्दिया अस्पताल, गुलरियामा भयो ।

अन्य

भिडियो