INSEC Online

📅 २०८३ जेष्ठ २१

लिफ्ट सिँचाइ योजनाको मेसिन एक वर्षदेखि बिँग्रदा किसान सिँचाइबाट वञ्चित

कालिमाटी गाउँपालिका–७ घुइयाबारीमा लिफ्ट सिँचाइ योजनाको मेसिन एक वर्षसम्म मर्मत नहुँदा किसान सिँचाइ सुविधाबाट वञ्चित भएका छन् । कालिमाटी गाउँपालिकाको ३१ लाख बजेटबाट निर्माण गरिएको सोलार लिफ्ट सिँचाइ योजनाको मेसिन एक वर्षदेखि बिग्रिएको छ । मेसिन बिग्रिएपछि खेतमा सिँचाइ गर्न वर्षातको समयममा समेत हम्मेहम्मे पर्ने गरेको छ ।

५० भन्दा परिवार बढी स्थानीयले हाल सिँचाइका लागि किसानले विभिन्न किसिमका कष्ट उठाउँदै आएका छन् । वर्षमा तीन बाली उत्पादन हुने झन्डै ३ सय रोपनी खेतमा सिँचाइ सुविधा पु¥याउन गाउँपालिकाले ०७७ सालमा लिफ्टबाट बबई नदीको पानी तानेर योजना सम्पन्न गरेको थियो । डेढ वर्षसम्म सञ्चालनमा आएको योजनाको मेसिन बिग्रिएपछि खहरेखोलाको भर पर्दै आएको किसान भक्तबहादुर बुढाले बताउनुभयो ।

‘सिँचाइको व्यवस्था भए धान, मकै, गहुँ र तोरी बाली लगाउन सकिन्थ्यो’ उहाँले भन्नुभयो ‘बर्खामा रोपाइँ गर्न समेत गाह्रो भइरहेको छ, खहरेखोलामा सानो पाइप जडान गरेका छौं, ५÷६ किसानको जग्गामा सिँचाई गर्न पनि पुग्दैन ।’ उहाँले फागुनदेखि असारसम्म खोला सुक्ने हुँदा हिउँदेबालीमा सिँचाइ गर्न नपाएको बताउनुभयो । सिँचाइ नहुदा खाद्यान्नमा ह्रास आएको उहाँको भनाइ छ ।

सिँचाइ नहुदा राम्रो उत्पादन भएको छैन्, पहिले त हामीले उत्पादन गरेको खाद्यान्नले बर्षभर पुग्थ्यो, तर यो बर्ष सिँचाइ नहुदा उत्पादनमा कमी आएको छ, गहुँ राम्रो फलेको छैन्, चैते मकैँ र धान रोक्न सकिएको छैन्, उहाँले भन्नुभयो यो पटक ३ महिना पनि खाद्यान्न पुग्ने छाँट छैन्, यही अवस्था हो भने खाद्यान्न सङ्कट पर्ने हामीले आँकलन गरेका छौँ ।

बिग्रेको मेसिन बनाउन आफूहरूले नसक्ने र सम्बन्धित निकायलाई बारम्बार आग्रह गरे पनि खासै चासो नदिएको अर्का किसान लालबहादुर विकले बताउनुभयो । सिँचाइको व्यवस्था नहुँदा धानबाली लगाउने जग्गामा वर्षातको समयमा मकै खेती गर्नु परेको उहाँले बताउनुभयो । ‘सिँचाइको व्यवस्था भए अहिले चैते धान लगाउन सकिन्थ्यो, वसन्ते मकै लगाउन सकिन्थ्यो तर खेत बाँझै छ’ उहाँले भन्नुभयो ‘सिँचाइको व्यवस्था भए किसानले आफ्नै जग्गामा तीन बाली उत्पादन गरेर अन्न बिक्री गर्न सक्थे, अहिले उल्टै बाहिरबाट खाद्यान्न किनेर खानुपरेको छ ।’

तत्कालीन सिँचाइ डिभिजन कार्यालय सल्यानले घुइयाबारीको एक हजार रोपनी भन्दा बढी जग्गामा बाह्रै महिना सिँचाइ गर्न ०६८ मा झन्डै १० करोड रुपियाँ बजेटमा नहर निर्माणको काम अगाडि बढाएको र ०७२ मा आएको बाढीले काम सम्पन्न हुन नपाउँदै योजना तहसनहस बनाएपछि सिँचाइ गर्ने सपना अधुरै रहेको अर्का किसान नारायण सुनारले जानकारी दिनुभयो । पानी तान्न प्रयोग गरिने मेसिनको के बिग्रियो भन्ने थाहा पाउन नसकेका कारण अहिलेसम्म बिग्रेको मेसिन मर्मत हुन नसकेको उहाँले बताउनुभयाे ।

आजभोली किसानलाई खेतीपाती गर्न समस्या भएको कालिमाटी गाउँपालिका–७ का वडाध्यक्ष मित्रलाल रिजालले जानकारी दिनुभयो । बिग्रेको मोटर लगायतका मेसिन मर्मतको पहल भइरहको उहाँको भनाइ छ ।
Photo20240321Salyan (2) Photo20240321Salyan (1)

अन्य

भिडियो