INSEC Online

📅 २०८३ जेष्ठ २१

आरती साहको हत्या घटनाका अर्का आरोपित गिरफ्तार

मिथिला विहारी नगरपालिका–३ घर भई जनकपुरधाम उपमहानगरपालिका–९, थापाचोक बस्ने २३ वर्षीया आरती साहको हत्या घटनाका आरोपित ५० वर्षीया सासु रेनु साहलाई ०८० चैत ४ गते जिल्ला प्रहरी कार्यालय धनुषाले गिरफ्तार गरेको छ ।

आरोपित सासुलाई उनकै छिमेकी विनय साहको घरमा लुकिछिपि बसेको अवस्थामा गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका सई सिकेन्द्रकुमार कामतले जानकारी दिनु भयो । साथै चैत ५ गते जिल्ला अदालतबाट सात दिनको म्याद थप गराइ घटना बारे थप अनुसन्सधान अगाडि बढाएको उहाँले बताउनु भयो ।

त्यस्तै सोही घटनका अर्का आरोपित आरती साहका देवर २७ वर्षीय रावि कुमार साहलाई फागुन २३ गते जिल्ला प्रहरी कार्यालयले गिरफ्तार गरेको थियो ।

आरती साहलाई ३२ वर्षीय पति मोतीवावु साह र ७० वर्षीय ससुरा मदनमोहन साह लगायत परिवारका सदस्यहरूले दाइजोका कारण ०८० जेठ ७ गते हत्या गरेको पीडित परिवारको आरोप छ । घटनाको निष्पक्ष छानविन गर्नुपर्ने माग गर्दै काठमाडौँमा ०८० असार १ गतेदेखि आन्दोलनरत पीडित परिवार र नेपाल सरकार, गृह मन्त्रालयबीच ०८० फागुन २९ गते ५ बुँदे सहमति भएको छ ।

उक्त सहमति पत्रमा आरतीको हत्या घटनाबारे नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पुनः अनुसन्धान गर्ने भनि उल्लेख छ ।

अन्य

भिडियो