२० वर्षीया युवतीलाई बलात्कार प्रयास गरेको कसुर ठहर गर्दै जिल्ला अदालतले थाक्रे गाउँपालिका- का २० वर्षीय पुरुषोत्तम रिजाललाई ०८० फागुन ३० गते तीन वर्ष कैदको फैसला गरेको छ ।
पीडितलाई अरोपितले बलात्कार गरेको भन्दै पीडित पक्षले जिल्ला प्रहरी कार्यालय ०७३ भदौ २४ गते उजुरी दिएका थिए । पीडितको सोही दिन स्वास्थ्य परीक्षण धादिङ अस्पतालमा गरिएको थियो ।
घटनापछि फरार भएका कसुरदार रिजाललाई तीन वर्ष कैद र ५१ हजार रुपियाँ जरिबाना गर्न जिल्ला न्याधीश गोपालप्रसाद बास्तोलाको इजलासले फैसला गरेको अदालतका स्रस्तेदार माधव भण्डारीले जानकारी दिनुभयो ।
भण्डारीका अनुसार मुद्दा दर्ता गर्दा जबरजस्ती करणी अन्तरगत भएको र फैसला गर्दा जबरजस्ती करणी उद्योग मा भएको हो ।
सबै किसिमका मुद्दा दुई वर्ष भित्र फैसला गर्नुपर्ने प्रावधान भएपनि अरोपित फरार भएका कारण सात वर्षपछि मुद्दाको किनारा लागेको हो ।
कसुरदारबाट असुल गरिएको जरिबाना रकमबाट पीडितलाई ५१ हजार रुपियाँ क्षतिपूर्ति दिन समेत फैसलामा उलेख छ ।