बर्दिवास नगरपालिका कम्पाउण्ड बाहिर भदौ २० गते राति बालुवा राखिएको ठाउँमा अज्ञात समूहले बम विष्फोट भएको छ ।
टिफिन भित्र तार, विष्फोटक पदार्थ, बम पडकाउने स्विच, बालुवा र पावर सकेटलगायत जोडिएको सो बम पड्किएको जिल्ला प्रहरी कार्यालयका एसपी कुवेर कडायतले बताए ।
फष्ट राइफल गणका मेजर भरत विष्टले विष्फोटक पदार्थले कुनै क्षति नगरेको बताए । घटना लगत्तै नेपाल प्रहरी र नेपाली सेनाको टोली घटना स्थलमा पुगी थप सम्भावित विष्फोट हुन सक्ने भन्दै र्’र्सच अपरेशन’ गरेकोमा थप त्यस्तो केही नभेटिएको कडायतले बताए ।
वम विष्फोट पश्चात बर्दिवासलगायतका सबै स्थानमा सुरक्षा व्यवस्था कडा पारिएको छ भने बम पड्काउने समूह वा व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ ।