INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घाटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले तादी गाउँपालिका–४ तामेका २५ वर्षीय सुवास पाण्डेलाई फागुन २९ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपित पाण्डेले गत असोज २६ गते बलात्कार गरेको आरोपमा फागुन २९ गते जिल्ला प्रहरी कार्यालयमा पीडित पक्षले उजुरी दिएपछि आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी खगेन्द्रबहादुर खड्काले जानकारी दिनु भयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण फागुन २९ गते नै त्रिशूली अस्पतालमा भएको प्रहरीले जनाएको छ ।

अन्य

भिडियो