१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा तादी गाउँपालिका–४ तामेका २५ वर्षीय सुवास पाण्डेलाई प्रहरीले ०८० फागुन २९ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपित पाण्डेले ०८० असोज २६ गते बलात्कार गरेको भन्दै पीडित पक्षले फागुन २९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी तथा सूचना अधिकारी खगेन्द्रबहादुर खड्काले जानकारी दिनुभयो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण फागुन २९ गते नै त्रिशूली अस्पतालमा गरियो । अदालतबाट फागुन ३० गते नै सात दिन थुनामा राख्ने म्याद लिएर घटनाको अनुशन्धान थालिएको डिएसपी खड्काले जानकारी दिनुभयो ।